Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरलाई चारवटा अक्सिजन कन्सेन्ट्रेटर सहयोग, के हो अक्सिजन कन्सन्ट्रेटर ?

QT-oxygen-concentrator-1623050560.jpg

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन थाहा नगरपालिकालाई चारवटा  अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरिएको छ । 

थाहा नगरमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै जाँदा विभिन्न संघसंस्थाहरुले अक्सिजन अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेका हुन् । 

नगरपालिकालाई विभिन्न तीनवटा संस्थाहरुले कन्सेन्ट्रेटर सहयोग गरेको नगर प्रमुख लवशेर विष्टले बताए । सेवाका लागि युवाले दुईवटा, रेडक्रस मकवानपुरले एउटा र कोभिड हेल्प डेस्क मकवानपुरले एउटा कन्सेन्ट्रेटर सहयोग प्रदान गरेको नगरपालिकाले जनाएको छ । 

के हो अक्सिजन कन्सन्ट्रेटर ?
हाम्रै वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउने एक उपकरण हो अक्सिजन कन्सन्ट्रेटर। यो यस्तो मेडिकल डिभाइस हो, जसले हाम्रो आसपास रहने हावालाई तान्छ र त्यसलाई छानेर शुद्ध अक्सिजनमात्र दिन्छ । यसबाट बिरामीलाई थप अक्सिजन प्राप्त हुन्छ। अझ सजिलो गरी भन्नुपर्दा यो एक प्रकारको छनौटो हो, जसले हावामा भएका बिभिन्न ग्यासमध्ये अक्सिजन छुट्याउँछ र बिरामीलाई ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन दिन्छ।

हामीले लिने हावामा झन्डै २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु अन्य ग्यास हुन्छ। जसलाई शुद्ध गरेर ९० प्रतिशत भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर मेसिनले दिन्छ।

यसको प्रयोग अहिलेको महामारीको समयमा आइसोलेसन सेन्टररहोल्डिङ सेन्टरहरुमा पनि प्रयोगमा ल्याउन सकिन्छ।

कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने इन्जिनियर शिशिर जिसी बताउँछन्। उनका अनुसार यसरी निकालिएको अक्सिजन लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीहरुका लागि प्रयोग गर्न सकिन्छ। यो आईसीयूमा उपचाररत बिरामीहरुका लागि भने प्रयोग नगर्न सुझाव दिइएको छ।

उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर सिलिन्डरको विकल्प भए पनि एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन मात्रा उपलब्ध गराउन सक्छ्। यस्तो अवस्थामा कन्सन्ट्रेटर सामान्य र मध्यम प्रकृतिका बिरामीहरुका लागि मात्र प्रयोग गर्न सकिन्छ। कन्सन्ट्रेटरलाई सजिलैसँग लैजान सकिने भए पनि लिक्विड अक्सिजनको जसरी एउटा निश्चित तापक्रम,भाडा र भण्डारण गर्नुपर्ने झन्झट भने हुँदैन।

अक्सिजन सिलिन्डरमा शुद्ध अक्सिजन भण्डारण गरेर राखिएको हुन्छ। यहाँ अक्सिजनलाई कम्प्रेससमेत गरेर राखिएको हुने उनले बताए।

कन्सन्ट्रेटरमा जडान गरिएको ह्युमिड फायरमा पानी भर्ने बेलामा ख्याल गर्नुपर्छ। म्याक्सिमम वाटर लेभल जहाँसम्म लेखिएको छ, त्यहाँसम्ममात्र शुद्ध खानेपानी भर्नुपर्छ ९यसकै लागि आउने अलग पानी पनि हुने गर्दछ०।

अक्सिजन कन्सन्ट्रेटर अक्सिजन सेचुरेशन लेभल ८० देखि ९४ को बिचमा छ भने यसको प्रयोग गर्न सकिन्छ। त्यो भन्दा कम सेचुरेशन भएकोलाई अक्सिजन कन्सन्ट्रेटर फाइदाकारी नहुन सक्छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०