Saturday, 15th August, 2026
वि.स.

थाहा नगरमा २०५ जना सङ्क्रमित, ३ नम्बरमा ५४ जना

thaha-update-corona-thaha-1628581767.jpg

थाहा नगरपालिकामा अहिले २०५ जना कोरोनाका बिरामी रहेका छन् । थाहा नगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नगरका १० वटा वडामा गरी कोरोनाका २०५ जना सक्रिय बिरामी रहेका हुन् । वडा नम्बर ७, ८ र ११ मा भने कोरोना बिरामीको सङ्ख्या सून्य रहेको छ ।

थाहा नगरपालिका वडा नम्बर ३ मा मात्रै ६४ जना रहेका छन् । सो वडामा नगरमै सबैभन्दा धेरै कोरोना सङ्क्रमित छन् । वडा नम्बर ३ पछि वडा नम्बर १ मा रहेका छन् । सो वडामा अहिले ५१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । 

थाहा नगरपालिकाको वडा नम्बर ६ मा ४७ जना, वडा नम्बर ४ मा १९ जना र वडा नम्बर २ मा १४ जना रहेका छन् । त्यसैगरी वडा नम्बर ५ मा ८ जना रहेका छन् भने ९, १० र १२ मा ३/३ जना रहेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif