Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरमा कोरोनाबाट प्रत्येक हप्ता दुई जनाको मृत्यु

kkkk-copy-1625069611.jpg

थाहा नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मध्ये प्रत्येक हप्ता दुई जनाको मृत्यु भएको देखिएको  छ । नगरपालिकाको अभिलेखमा कोरोनाको दोस्रो लहरबाट मृत्यु भएको सङ्ख्या  र नगरपालिकामा अभिलेखीकरण नभएकोसमेत सङ्ख्या हेर्दा थाहा नगरमा प्रत्येक एक सातामा २ जनाको कोरोनाबाट मृत्यु हुने गरेको देखिएको हो ।

थाहा नगरपालिकाको स्वास्थ्य संयन्त्र र सोको सिफारिसमा कोरोना पुष्टि भएकाहरु मृत्यु भए मात्र नगरपालिकाले नगरको अभिलेखमा उल्लेख गर्ने गरेको छ । यसरी नगरको स्वास्थ्य संयन्त्रले कोरोना परीक्षण गरिएकामध्ये मृत्यु हुनेको सङ्ख्या १२ रहेको छ । १९ असारमा थाहा नगरपालिकामा लकडाउन घोषणा भएयता नगरको अभिलेख अनुसार वडा नम्बर ३ मा ३ जना, वडा नम्बर १, २ र ४ मा २/२ जना र वडा नम्बर ५,६ र ११ मा १/१ जना गरी १२ जनाको कोरोनाबाट मृत्यु भएको देखिएको छ ।

थाहा नगरपालिका स्थायी ठेगाना भई विभिन्न कारणले नगरपालिकाको सिफारिसबिना नगर बाहिर परीक्षण गराई कोरोना पुष्टि भएकाहरुको अभिलेख नगरपालिकामा छैन । त्यसरी कोरोना पुष्टि भई मृत्यु भएकाहरुको विवरण पनि नगरपालिकाले अभिलेखीकरण गर्ने गरेको छैन । नगरपालिकाको अभिलेखमा नभएको तर नगरपालिकाभित्र स्थायी ठेगाना भई कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरु ६ जनाभन्दा बढी रहेको बताइएको छ । थाहाको २, ४, १०, ११ लगायत वडाहरुमा स्थायी ठेगाना भई हेटौँडा, काठमाण्डौँमा पुष्टि भएकाहरुको मृत्युको अभिलेख नगरपालिकामा नरहेको देखिएको छ ।

नगरपालिकाको समग्र कोरोनाबाट मृत्यु अवस्था हेर्दा प्रत्येक ४ दिनमा १ जनाको मृत्यु भएको देखिएको छ । दुई महिनाको अवधिमा नगरपालिका भित्र झण्डै डेढ दर्जन नागरिकहरुको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०