Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरमा कोरोनाबाट थप एकको मृत्युु

corona-death-1622530654-1624707325.jpg

थाहा नगरपालिकामा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्युु भएको छ । १२ असारमा थाहा नगरपालिका वडा नम्बर ११ का २६ वर्षीय युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । 

गत ४ असारमा टेकु अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेशनमा रहेका उनलाई स्वास्थ्यमा थप अवस्था आएपछि १२ असारको विहान पालुुङ प्राथमिक स्वास्थ्य केन्द्र लगिँदै थियो । बाटोमै उनको मृत्यु भएको पालुुङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक शक्ति चौरसियाले बताए । 

थाहा नगरपालिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुुगेको छ । ११ असारको नगरपालिकाको प्रतिवेदन अनुसार नगरमा कोरोनाबाट १० जनाको मृत्यु भएको उल्लेख थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०