Sunday, 23rd August, 2026
वि.स.

थाहानगरमा उद्घोषण तालिम शुरु

training-1627102827.jpg

पालुङ जेसीज र लायन्स क्लब अफ थाहा पिसको संयुक्त आयोजनामा थाहा नगरमा एक दिने उद्घोषण तालिम शुरु भएको छ । 

नयाँगाउँस्थित सहारा रिसोर्टमा भइरहेको तालिमको पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालले एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरेका छन् । तालिम उद्घाटन गर्दै संस्थापक अध्यक्ष ढकालले तालिमको प्रभावकारिताको शुभकामना व्यक्त गर्दै आगामी दिनमा सफल उद्घोषक बन्न सहभागीहरुलाई आग्रह गरे । 

पालुङ जेसीज वर्ष २०२१  का अध्यक्ष नवराज लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पालुङ जेसीजका पूर्वाध्यक्ष कुमार नेगी, निवर्तमान अध्यक्ष मनोज रायमाझी, लायन्स क्लब अफ थाहा पिसका अध्यक्ष राममाया खत्री लगायतले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा सहभागीहरुलाई लायन्स क्लब अफ थाहा पिसका सदस्य गीता कार्कीले स्वागत गरेकी थिइन् । कार्यक्रममा पालुङ जेसीज वर्ष २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधानले सहजीकरण गरिरहेका छन् ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif