Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरबाट बाल यौन दुरुपयोगका आरोपी पक्राउ

WATCH-OUT-AGAINST-THE-SEX-1622537126.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ की एक ८ वर्षिया बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा पालुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान घर भएका २६ बर्षिय राजु बलामी रहेका छन् । 

१७ जेठमा बालिकामाथि यौन दुरुपयोग गरेको भनी परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पालुङले राजुलाई पक्राउ गरेको हो । राजुले बालिकालाई फिल्म देखाउँछु भनी आफ्नो कोठामा बोलाएर यौन दुरुपयोग गरेको आरोप छ । 

पक्राउ परेका बलामीलाई बाल यौन दुरुपयोगको अभियोगमा म्याद थप गरी अनुसन्धान गर्न जिल्ला अदालत चलान गरिएको छ । (बाइरोड न्यूजको सहयोगमा तयार पारिएको)



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif