Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिका: विपद आइ परे सम्पर्क गर्न वडा अध्यक्षहरुको आग्रह

CV-1622208558.jpg

बिहीबारदेखि लगातार वर्षा भइरहेको र यसबाट वर्षाजन्य विपद आइ पर्न सक्ने भन्दै थाहा नगरपालिकाका वडा अध्यक्षहरुले उच्च सतर्क रहन आ–आफ्ना वडाबासीहरुलाई आग्रह गरेका छन् । थाहा नगरका वडा नम्बर १, ६ र ७ का वडा अध्यक्षहरुले सामाजिक सञ्जालमार्फत् यस्तो आग्रह गरेका छन् भने अन्य वडा अध्यक्षहरुले थाहा टाइम्ससँग कुरा गर्दै कुनै किसिमको जोखिम भए सम्पर्क गर्न अपिल गरेका छन् ।

थाहा १ का वडा अध्यक्ष हेरमान गोपालीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् बासस्थान जोखिममा छ भने जोखिम मोलेर नबस्न वडाबासीलाई आग्रह गरेका छन् । ‘त्यसरी जोखिममा रहेकाहरुलाई उचित बसोबासको व्यवस्था गर्छौँ,’ उहाँले भन्नुभयो । त्यसैगरी वडा नम्बर ६ का वडा अध्यक्ष शशिधर सुवेदी र वडा नम्बर ७ का वडा अध्यक्ष सनमसिं मुक्तानले पनि सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस’ लेखेर वडाबासीलाई अविरल वर्षाका कारण कुनै पनि समस्या सिर्जना भएमा सम्पर्क गर्न आग्रह गरेका छन् । वर्षाबाट हरेक वर्षजसो बस्ती जोखिममा पर्दै आएको वडा नम्बर २ का वडा अध्यक्ष गुप्तबहादुर कार्की र ३ का वडा अध्यक्ष राजेश केसीले आफूहरु नियमित सम्पर्क र अनुगमनमा रहेको बताए ।

वर्षाबाट थाहा नगरपालिकामा अहिलेसम्म कुनै अप्रिय घटना घटेको सूचना प्राप्त नभएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । ‘चित्लाङ भेगमा अप्रत्याशीत हावाहुरी चलेर बालीनाली बिगारेकाे सूचना अाएकाे छ,' उनले भने । चित्लाङमा हावाहुरीले टनेलकाे प्लास्टिक उडाउँदा बेच्ने बेला भएकाे तरकारी बालीमा नराम्राे असर परेकाे छ । अहिले पनि वर्षा जारी रहेकाेले थप जाेखिम हुनसक्ने देखिएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०