Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिका र वडा कार्यालयलाई सक्रिय युवा समूहको एकसाथ सहयोग

196631063_970683873774730-1623067836.jpg

थाहा नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौँमा रहेका युवाहरुले थाहा नगरकार्यपालिका  तथा वडा नम्बर ७ र ८ कार्यालयलाई एक साथ सहयोग गरेका छन् । २४ जेठ दिउँसो थाहा ७ र८  वडा कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको युवा समूहले नगर कार्यपालिका कार्यलय पुगेर समग्र थाहा नगरको लागि सहयोग गरेको हो । 

नगरमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न उनीहरुले सक्रिय युवा समूहको नामबाट स्वास्थ्य सामग्र हस्तान्तरण गरेका हुन् । नगर उपप्रमुख खड्गबहादुर गोपालीलाई हस्तान्तरण गरिएको सामग्रीहरुमा अक्सिजन सिलिण्डर १ थान, पीपीई ४ थान, साबुन १४० डल्ला र ३ हजार थान सर्जिकल मास्क रहेका छन् । 

थाहा नगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न सक्रिय युवा समूह, थाहा–८ का युवाहरु रविन्द्र कार्की, भूमिनन्द सापकोटा, अनिल आचार्य, विष्णुहरि सापकोटा, रामशरण ढकाल, नारायण सापकोटा लगायत आइपुगेका थिए । उनीहरुले थाहा–७ वडा कार्यालयलाई २ हजार १०० सर्जिकल मास्क, ५ थान पीपीई, २ थान अक्सिमिटर, ११ लिटर स्यानिटाइजर र १ थान अक्सिजन सिलिण्डर प्रदान गरेका हुन् । त्यसैगरी वडा नम्बर ८ कार्यालयलाई २ हजार १०० सर्जिकल मास्क, ६ थान पीपीई, २ थान अक्सिमिटर, ११ लिटर स्यानिटाइजर र १ थान अक्सिजन सिलिण्डर प्राप्त भएको वडा अध्यक्ष टिकाराम रुम्बाले बताए ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०