Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिका जिल्लामै उत्कृष्ट, जिल्ला समन्वय समितिद्वारा सम्मान 

Mun-1596970088.jpg

मकवानपुरको थाहा नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ । 

२५ साउनमा हेटौंडामा भएको पाँचौं जिल्ला सभाको अवसरमा जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका दश स्थानीय तहहरु मध्ये उत्कृष्ट स्थानीय तह घोषणा गरेको हो । थाहा नगरपालिका उत्कृष्ट भएसंगै बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले सम्मान पत्र प्रदान गरेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा उत्कृष्ट कार्य सम्पादन गरेको मुल्याङ्कनसहित पौडेलले नगर प्रमुख लवशेर विष्टलाई सम्मानपत्र प्रदान गरेका हुन् । थाहा नगरपालिका अघिल्लो आर्थिक वर्ष पनि जिल्लामै उत्कृष्ट भएको थियो ।

बेरुजु फछ्र्यौटमा देशमै सर्वोत्कृष्ट स्थान हासिल गरेको थाहा नगरपालिकालाई जिल्ला समन्वय समिति मकवानपुरले उत्कृष्ट घोषणा गरेको हो । जिल्ला समन्वय समितिले निर्माण गरेको मापदण्ड, अनुगमन मुल्याङ्कनलगायतको माध्यमबाट गरिएको स्थानीय तहको मूल्यङ्कनको आधारमा पुरस्कृत गरिएको जिल्ला समन्वय प्रमुख रघुनाथ खुलालले जानकारी दिए । 

त्यस्तै दश स्थानीय तहमध्ये इन्द्रसरोरवर गाउँपालिका, दोस्रो र मकवानपुरगढी गाउँपालिका तेस्रो भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०