Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाले सम्मान दियो, ज्येष्ठ नागरिकले ‘मुस्कान’

Subediaaaaaaaa-1608601472.jpg

अनुहारमा मुस्कान यत्तिकैै     देखिदैन । मुस्कानका लागि खुशी    चाहिन्छ । त्यो पनि मन–मस्तिष्कले अनुभव गर्न पाएको हुनुपर्छ । कुनै कुरामा घत लागेसी मान्छे खित्का छोडेर हाँस्छ तर आफ्नो आवश्यकता पुरा हुँदा मुस्कुराउँछ, कसैले आफूलाई महत्व दिँदा पनि मान्छे मुस्कुराउँछ, खुशी हुन्छ । मकवानपुर थाहा नगरपालिकाले पनि यस्तै मुस्कान फर्काउने काम गरेको छ । थाहाले गएको साता अभियानकै रुपमा ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम आयोजना गरेर वडा–वडामै कार्यक्रम गरेको छ ।

थाहा नगरपालिकाको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममै समावेश गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा १ सय ८० जना सहभागी भए । प्रत्येक वडाबाट १५÷१५ जनाको दरले सबैभन्दा बढि उमेरका ज्येष्ठ नागरिकलाई नगरपालिकाले सम्मान गरेको हो । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र वितरण शाखाको संयोजनमा कार्यक्रम भएको हो । शाखाले प्रत्येक वडाबाट विवरण मागेको र सोही नामावलीको आधारमा सम्मान कार्यक्रम संचालन गरिएको शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । ‘कार्यक्रम पनि वडा वडामै पुगेर संचालन ग¥र्यौ, ज्येष्ठ नागरिकहरु खुशी हुनु भयो’–शाखा प्रमुख मोक्तानले भनिन्–‘उमेर ढल्कँदै जाँदा ज्येष्ठ नागरिकहरु हेलाका पात्रका रुपमा कतिपय स्थानमा देखिने हुँदा उहाँहरुलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश दिनका लागि नगरपालिकाले यस किसिमको कार्यक्रम आयोजना गरिएको हो ।’

ज्येष्ठ नागरिकहरुलाई सम्मानको साथै एक÷एक थान ब्लाङ्केट र थर्मस वितरण गरिएको थियो । सम्मानको साथै उपहार समेत पाएपछि वडा नम्बर २ का ८६ वर्षिय ढल बहादुर कार्कीले खुशी व्यक्त गरे । नगरपालिकाले ज्येष्ठ नागरिकलाई गरेको व्यवहारप्रति कार्कीले खुशीको मुस्कान छोडे । वि.सं. १९९३ सालमा जन्मेकी थाहा–६ चुलीप्रानकी तेजकुमारी सुवेदीले वडामा कार्यक्रम     गरेर पहिलो पटक सम्मान र उपहार पाएपछि जनप्रतिनीधि र कर्मचारीलाई आशिक दिइन् । कार्यक्रमको बखान     गरिन् आफ्ना दौतरीलाई कार्यक्रम स्थलमै भनिन्–‘साह्रै राम्रो काम रहेछ, खुशी लाग्यो तपाईहरुको जय होस् ।’ प्रत्येक वडाहरुमा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरु, वडा सचिव तथा सहायक र अन्य कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । 

कार्यक्रममा उपस्थित वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुले ज्येष्ठ नागरिक सम्मान तथा न्यानो कपडा र सामाग्री वितरणको प्रभावकारिताको विषयमा मन्तव्य व्यक्त गरेका थिए । थाहा नगरपालिका सामाजिक विकास समितिका संयोजक किरणमान बल, उपप्रमुख विष्णु बहादुर गुरुङ समितिका अन्य सदस्यहरु, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेलगायतका कर्मचारीहरको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०