Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाले समुदाय स्तरमा कोभिड–१९ विरुद्धको खोप सञ्चालन गर्ने

Thaha-1614839744.jpg

मकवानपुरको थाहा नगरपालिकाले समुदाय स्तरमै कोभिड–१९ विरुद्धको खोप सञ्चालन गर्ने भएको छ । नगरको ५५ वर्षमाथिका नागरिकहरुलाई प्राथमिक स्वास्थ्य केन्द्रमा बोलाएर खोप लगाउँदा भौगोलिक हिसाबले टाढा पर्ने भएपछि नगरपालिका समुदायस्तरमै खोप संचालन गर्ने निर्णयमा पुगेको हो । 

थाहा नगरपालिकाका प्रमुख एवम् नगरस्तरीय खोप समन्वय समितिका अध्यक्ष लवशेर विष्टले आगामी फागुन २३ गतेदेखि २८ गतेसम्म नगरका विभिन्न स्वास्थ्य चौकीहरुबाट कोभिड–१९ बिरुद्धको खोप सेवा प्रदान गरिने बताए । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, आग्रा स्वास्थ्य चौकी, टिस्टुङ स्वास्थ्य चौकी, बज्रवाराही स्वास्थ्य चौकी र चित्लाङ स्वास्थ्य चौकीमा डाक्टरसहितको टोलीले खोप सेवा प्रदान गर्नेछ । 

नगर कार्यपालिकामा बसेको थाहा नगरस्तरीय खोप समन्वय समितिको बैठकले समुदाय स्तरमै पुगेर खोप सेवा प्रदान गर्दा ज्येष्ठ नागरिकहरुलाई सहज हुने भन्दै यस्तो निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताए । खोपका लागि आवश्यक तयारी पूरा भइसकेको र स्वास्थ्यकर्मीहरुले आवश्यक तालिम पनि लिइसकेको उनले जानकारी दिए ।

आगामी फागुन २३ गतेदेखि एक हप्ता समुदाय स्तरमा ५५ बर्ष उमेर माथिका नागरिकहरूलाई लक्षित गरी खोप कार्यक्रम संचालन गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०