Sunday, 16th August, 2026
वि.स.

थाहा नगरपालिकाले वडा खेलकुद समितिलाई ४० हजार उपलब्ध गराउने

thaha-nagarpalika-1633232908.jpg

थाहा नगरपालिकाले वडास्तरमा खेलकुद क्रियाकलाप संचालन गर्न वडा खेलकुद विकास समितिहरुलाई रु. ४०,००० उपलब्ध गराउने भएको छ । गत ११ असोजमा बसेको थाहा नगरसतरीय खेलकुद विकास समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

यसरी विनियोजन गरिएको रकम खर्च गर्दा वडा खेलकुद समितिले विनियोजित खर्च गर्ने सम्बन्धी नियम २०७७ बमोजिम गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

नगरपालिकाले एक सूचना जारी गर्दै वडाभित्र जुनसुकै खेलकुद गतिविधि संचालन गर्दा नगरपालिका र खेलकुद विकास समितिमार्फत् अनिवार्यरुपमा अनुमति लिएर मात्र गर्न परिपत्र गरेको छ ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०