Saturday, 15th August, 2026
वि.स.

थाहा नगरपालिकाले किवी, ओखर र हलुवावेदको विरुवा उपलब्ध गराउने, आधा रकम तिरे पुग्ने

notice-municipality-1638274023.jpg

थाहा नगरपालिकाले परल मूल्यको आधा अर्थात् ५० प्रतिशत अनदानमा किवी, ओखर र हलुवावेदको विरुवा उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको आ.व. ०७८/०७९ को स्वीकृत बजेट अनुसार विभिन्न जातका फलफूलका विरुवा अनुदानमा वितरण गर्न लागिएको कृषि विकास शाखाका प्रमुख सञ्जय तिवारीले जानकारी दिए ।

शाखा प्रमुख तिवारीका अनुसार किवी, जापानीज हलुवाबेद र दाँते ओखरका विरुवा वितरण गरिन लागिएको हो । किवीको खरिद मूल्य प्रतिविरुवा रु. १००, जापानीज हलुवाबेद रु. ६० र दाँते ओखर रु. ४० परेकोमा कृषकहरुले आधा मात्र तिरे पुग्ने उनले बताए ।

कृषक समूह, कृषि सहकारी, कृषि फर्म दर्ता तथा कृषि कम्पनी प्रमाणपत्रको प्रतिलिपि, कृषक समूहको हकमा निर्णय प्रतिलिपि, पान दर्ता प्रमाणपत्रको प्रतिलिपि, गत आ.व.को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिन कृषि विकास शाखाले आह्वान गरेको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif