Tuesday, 25th August, 2026
वि.स.

थाहा नगरपालिकामा नगर प्रवक्ताको ‘फ्लेक्स’ राखियो

sanam-1623152992.jpg

थाहा नगरपालिकाको इतिहासमा पहिलोपटक नगर प्रवक्ताको ‘फ्लेक्स’ राखिएको छ । नगर कार्यपालिकास्थित नगर प्रमुखको कार्यकक्ष बाहिर ढोकामा नगर प्रवक्ताको विवरणसहितको ‘फ्लेक्स’ राखिएको हो । 

थाहा नगरपालिकाले नगरपालिकाका बैठकका निर्णय र नगरपालिकाबाट भएगरेका गतिविधिहरु सार्वजनिक गर्न २०७५ सालमै प्रवक्ताको रुपमा वडा नम्बर ७ का वडा अध्यक्ष सनमसिं मोक्तानलाई तोकेको थियो । सोहीअनुसार प्रवक्ता मोक्तानको विवरण थाहा नगरपालिकाको वेबसाइटमा राखिएको थियो । 

नगरमा नगरप्रमुखको कार्यकक्षमा आउने जोसुकैले प्रवक्ताबारे जानकारी पाउन् र प्रवक्तामार्फत् नगरका गतिविधिहरु प्राप्त गरुन् भनेर फ्लेक्सको व्यवस्था गरिएको नगरप्रमुख लवशेर विष्टले बताए । 

थाहा नगरपालिकाको कार्यसम्पादन नियमावलीको दफा १७ मा नगर कार्यपालिकाको बैठकले कार्यपालिका सदस्यहरुमध्येबाट एक जनालाई प्रवक्ता तोक्नुपर्ने व्यवस्था छ । प्रवक्ताले नगरपालिकाको बैठकका निर्णय र नगरपालिकाबाट भएगरेका गतिबिधिबारे जानकारी गराउने काम गर्नुपर्ने सो दफामा उल्लेख छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif