Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरपालिका क्षेत्रमा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि

covide-1593408803.jpg

 मकवानपुरको थाहा नगरपालिकामा कार्यरत एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौडाको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । भारत घर भइ हाल मकवानपुरमा काम गर्दै आएका २१ बर्षिय पुरुषमा संक्रमण देखिएको कर्राको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए। सोमबार बिहान मात्र उनको कोभिड १९ को संक्रमण पुस्टि भएको हो ।

भारतको उत्तर प्रदेश घर भई मकवानपुर जिल्लाको थाहा नगरपालिकाको शितभण्डार निर्माण गर्ने दक्ष कामदारका रुपमा बिशेष तालिम प्राप्त कालिगढ़का रुपमा संघीय सरकारको गृह मन्त्रालयको समन्यवमा कामका लागि आएक थिए ।

संक्रमित पुरुष संगै अरु कामदार समेत नेपाली निर्माण ब्यबसायी मार्फत असार १३ गते राति भारतको रक्सौल नाकाबाट नेपाल प्रवेश गरेका थिए । कुल ८ जना भारतीय कामदारका साथ आएका उनमा मात्र संक्रमण पुस्टि भएको हो चौलागाईले वताउनुभयो । यस आईसोलेसन वार्डमा नरहेको भएता पनि निजको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई यस आईसोलेसन वार्डमा ल्याउने तयारी हुँदैछ ।

नेपालको यात्रा भने एक बलेरो गाडीमा अलगै आएको र भारतबाट पनि लामो समय क्वारेन्टाइन बसेर सुरक्षित रुपमा कारमा यात्रा गरेको उनलाई नेपाल भित्राउने नेपाली निर्माण ब्यबसायीले वताएका छन् । उनका साथमा आउने अन्य सात जनालाई कहाँ क्वारेन्टाइन गरि राख्ने भन्ने बिषयमा छलफल हुँदै गरेको छ । उहाँको साथ आउने सबैमा भने नेगेटिभ आएको छ । आजका संक्रमितसंगै आईसोलेसन वार्डमा ११ जना संक्रमितको संख्या पुगेको छ ।

उनको संक्रमण पुस्टि मकवानपुरमा भएता पनि जिल्लाबासीको रुपमा गणना नगर्दा हालसम्म मकवानपुरका १९ जना मात्र संक्रमित संख्या कायम रहेको छ । अहिले ३ जना महिला १४ दिन देखि पाटन अस्पतालमा र ४ जना यस वार्डमा आईसोलेट गरि राखिएको छ । अन्य १२ जना भने यस अघि नै नेगेटिभ रिपोर्ट आई डिस्चार्ज भई सकेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif