Saturday, 15th August, 2026
वि.स.

थाहा नगरपालिकामा अहिलेसम्म कति जनाले लगाए कोरोनाविरुद्ध खोप ? (विवरणसहित) 

GettyImages-1229654490-13-1627450942.jpg

थाहा नगरपालिकामा नेपालमा आएका तीनैथरी खोप लगाइएको छ । यहाँ शुरुमा भारतीय कोभिशिल्ड खोप आएको थियो । त्यसपछि चिनियाँ भेरोसिल खोेप आयो र पछिल्लोपटक अमेरिकी जोन्सन खोप लगाइदैछ । 

थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलका अनुसार नगरपालिकामा ७९६ पुरुष र ८१४ महिला गरी १६१० जनाले कोभिशिल्डको पहिलो डोज लगाएका छन् । माघको अन्तिम हप्तादेखि चैतको पहिलो हप्तासम्म खोप लगाएका उनीहरु अहिले दोस्रो डोजको प्रतिक्षामा छन् । अहिलेसम्म १४४ जनाले कोभिशिल्डको दोस्रो डोज लगाएका छन् । 

त्यसैगरी ४२८ जनाले भेरोसिल खोपको दोस्रो डोज लगाएका छन् । १२५५ पुरुष र १२५० महिला गरी २५०५ जनाले भेरोसिलको पहिलो खोप लगाएका छन् । 

१२ साउनमा कोरोनाविरुद्धको जोन्सन खोप अभियान सञ्चालन गर्दा ८६० जनाले लगाएका छन् । १३ साउनमा पनि जोन्सन खोप कार्यक्रम जारी छ । 
हेर्नुहोस् विवरण :


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif