Sunday, 23rd August, 2026
वि.स.

थाहा नगरपालिकाद्वारा नयाँ ट्याक्टर खरिद

IMG_20210714_134059-1626249378.jpg

थाहा नगरपालिकाले नयाँ ट्याक्टर खरिद गरेकाे छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ट्याक्टर खरिद गरेकाे हाे ।

नगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरमा ५५ हर्सपावरको चार पाङ्ग्रे ट्याक्टर खरिद गरिएकाे जानकारी दिए । 

खरिद गरिएकाे ट्याक्टरलाई फोहोरमैला व्यवस्थापन तथा सरसफाइ, विपद व्यवस्थापन, भौतिक निर्माण लगायतका क्षेत्रमा प्रयोग गरिने नगरपालिका विपद व्यवस्थापन फोकल पर्सन अनिल लामिछानेले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०