Wednesday, 26th August, 2026
वि.स.

थाहा नगरपालिकाका भुजेललाई विनय कसजु उत्कृष्ट ‘सूचना अधिकारी’ पुरस्कार

Suchana-aadh-1619801718.jpg

राष्ट्रिय सूचना आयोगले विनय कसजु उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पाँच जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । पुरस्कृत हुने मकवानपुर थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलसहित पाँच जना रहेका छन् । आयोगको १७ वैशाखमा सम्पन्न बैठकले पुरस्कृत गर्ने निर्णय गरेको हो । 

सूचनाको हकको क्षेत्रमा पु¥याएको योगदान कदर स्वरुप थाहा नगरपालिकाका सूचना अधिकारी भजेल, राष्ट्रिय मुस्लिम आयोगका सूचना अधिकारी दयाराम तिवारी, प्रदेश निर्वाचन कार्यालय कैलालीका सूचना अधिकारी राजेश चौधरी, जिल्ला हुलाक कार्यालय ताप्लेजुङका सूचना अधिकारी नवराज गिरी र जिल्ला हुलाक कार्यालय खोटाङका सरोज खतिवडालाई पुरस्कृत गर्ने निर्णय भएको हो ।

राष्ट्रिय सूचना आयोगको पुरस्कार सिफारिस समितिले मूल्याङ्कन गरी गरिएको सिफारिसका आधारमा देशभरबाट उत्कृष्ट पाँच जना सूचना अधिकारीलाई पुरस्कृत गर्ने निर्णय भएको सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले जानकारी दिइन् । 

त्यस्तै विनय कसजु उत्कृष्ट अभियान्ता पुरस्कारबाट ५ जना सूचनाको हकका अभियान्ता पनि पुरस्कृत गर्ने आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आयोगले उत्कृष्ट कार्य सम्पादन गर्ने उत्कृष्ट तीन जना कर्मचारीलाई पनि सम्मान गर्ने निर्णय गरेको छ । 

हेर्नुहोस विवरणः


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif