nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकाकाे दशाैँ नगरसभा सम्पन्न

IMG_20220112_160026-1641982556.jpg

थाहा नगरपालिकाकाे दशाैँ नगरसभा २८ पुसमा सम्पन्न भएकाे छ । नगरपालिकाका नगरप्रमुख लवशेर विष्टकाे अध्यक्षतामा नगरसभा सम्पन्न भएकाे हाे । 

पानसमा बत्ती बालेर नगरप्रमुख विष्टले नगरसभाकाे उद्घाटन गरेका थिए । सभाले नगर उपप्रमुख खड्गबहादुर गाेपालीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ काे लागि रु. १ अर्ब १० कराेड बराबरकाे संशाेधित बजेट पारित गरेकाे छ । 

सभामा जिल्ला समन्वय समितिका सदस्य चित्रबहादुर बलामी, एमालेका नगर सचिवालय सदस्य प्रदिप प्रधान, काँग्रेसका नगर सभापति प्रमाेद जाेशी, माओवादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नगर सभाकाे अवसरमा उत्कृष्ट काम गरेवापत नगरपालिकामा कार्यरत सुरजकुमार भुजेल, मेघराज बलामी र पाल्साङ लामालाई सम्मानसहित पुरस्कृत गरिएकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)