Monday, 24th August, 2026
वि.स.

थाहा नगरको विभूति पार्कमा थपिने भए भक्ति थापा

a-1625062958.jpg

थाहा नगरको  पर्यटकीय गन्तव्यस्थल मूलाबारी चौर विभूति पार्कमा भक्ति थापा थपिने भएको छ । सरकारले भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।

असार १४ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता वसन्तकुमार नेम्बाङले विक्रम सम्बत् १९७१ सालमा नेपाल–अंग्रेज युद्धको बखत वरिष्ठ सैनिक रहेका थापालाई राष्ट्रिय विभूतीमा समावेश गर्ने निर्णय भएको जानकारी दिए ।

गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रुपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि थापा नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए । योसँगै नेपालमा राष्ट्रिय विभूतिको संख्या १७ पुगेको छ ।

थाहा नगरपालिकाको मूलाबारी चौरस्थित  विभूति पार्कमा सबै राष्ट्रिय विभूतिहरुको मूर्ती राखिने गरी काम भइरहको छ । यो स्थल थाहाको वडा नम्बर ६, १२ र ११ तथा धादिङ जिल्लाको सिमानामा रहेको छ ।

गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकासहित राज्यहरुसँग युद्ध गर्ने क्रममा अशक्त र आफन्तहरुलाई मूलबारी चौरमा राखेका थिए । युद्ध लम्बिँदै जाँदा यहाँ बसेकाहरुले खानको लागि खनीखोस्री गरेर मूला रोपे । त्यसैबाट यो ठाउँको नाउँ मूलाबारी चौर रहन गयो । यहाँ देशका सम्पूर्ण विभूतिहरुको सालिकसहित राष्ट्रिय विभूति पार्क निर्माणको योजना बनाइएको छ । यहाँबाट गोर्खा र थाहा नगरपालिकाको मनकामना मन्दिर देख्न सकिन्छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०