Monday, 17th August, 2026
वि.स.

थाहा दिवसको विविध कार्यक्रम सार्वजनिक, पत्रकार सहित तीनजना सम्मानित हुँदै

दोस्रो थाहा दिवसको अवसरमा विविध कार्यक्रम हुने भएको छ । दिवंगत रुपचन्द्र विष्टको जन्मथलो मकवानपुरको थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील फरक सोचले विष्टको सम्झनामा कार्यक्रम आयोेजना गरेको संयोजक यादवजंग रायमाझीले जानकारी दिए । 
फरक सोचले गत वर्षबाट थाहा आन्दोलनका अभियान्ता रुपचन्द्र विष्टको जन्मदिनलाई थाहा दिवस बनाउन थालेको हो । दिवसलाई स्थानीय हुँदै राष्ट्रिय पर्वकै रुपमा बनाउन अभियान संचालन गर्ने संयोजक रायमाझीले जानकारी दिए । 

थाहा दिवसको अवसरमा पौष १३ गते अन्तर मावि वक्तृत्वकला तथा निबन्धलेखन प्रतियोगिता, पौष २२ देखि २६ गतेसम्म थाहा नगरस्तरीय खुल्ला भलिबल प्रतियोगिता तथा पौष २६ अर्थात रुपचन्द्र विष्टको जन्म दिनमा महिला ३ किलोमीटर र पुरुष ५ किलोमीटर दौड तथा समापन र सम्मान कार्यक्रम रहेको फरक सोचका रामकुमार कार्कीले जानकारी दिए । 

यसैबीच थाहा दिवसको अवसरमा तिर्थदास श्रेष्ठ स्मृति सम्मान कार्यक्रम पनि हुने भएको छ । तिर्थदास श्रेष्ठ मकवानपुरको थाहा नगरमा शिक्षा विकासमा शुरुवात् गर्ने व्यक्ति हुन् । उनको स्मृतिमा सामाजिक क्षेत्रमा योगदान पु¥याउने एकजना र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम छ भने थाहा दिवसको अवसरमा थाहा सम्मानबाट एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif