Sunday, 23rd August, 2026
वि.स.

थाहा टाइम्स सम्बाददाता दावा शेर्पा सम्मानित

dawa-sherpa-1624644378.jpg

मकवानपुरकै लोकप्रिय अनलाइन थाहा टाइम्स डट कमका दामन सम्वाददाता दावा शेर्पा सम्मानित भएका छन् । थाहा नगरपालिकाको नवौँ नगर सभाको अवसरमा उत्कृष्ट युवा सम्मानबाट दावालाई सम्मान गरिएको हो । 

पर्यटन प्रवर्धनको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै नगरपालिकाले दावा शेर्पालाई नगदसहित सम्मानपत्रबाट सम्मान गरेको हो । नगरप्रमुख लवशेर विष्टले सभासामु उनलाई सम्मान गरेका थिए । 

नगरका सबै वडाका सर्वोत्कृष्ट युवाहरुलाई नगरले उत्कृष्ट युवा सम्मानबाट सम्मानित गरेको थाहा नगरपालिकाले जनाएको छ । 

थाहा टाइम्सले आफ्नो सम्वाददाता सम्मानित भएकोमा खुशी व्यक्त गरेको छ । थाहा टाइम्स मकवानपुरको उत्कृष्ट पाँचमध्येको अनलाइन हो भने थाहा नगरपालिकाको सबैभन्दा माथिल्लो ¥याङ्कमा रहेको अनलाइन पत्रिका हो ।  
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०