Sunday, 23rd August, 2026
वि.स.

थाहा-काठमाडौँ सुमाे पनि चल्याे, भाडादर बढ्याे

IMG_20210718_140646-1626596524.jpg

पालुङबाट थाहा यातायात सुमाे सेवाअन्तरगत सञ्चालन हुँदै आएका सुमाेहरु ३ महिनापछि ३ साउनबाट पुनः सञ्चालनमा आएका छन् । 

थाहाबाट सार्वजनिक बस सेवा सञ्चालनमा आएसँगै सुमाे सेवा पनि सञ्चालनमा आएकाे हाे । 

३ साउनबाट काठमाडाैँका लागि सुमाे सेवा पुनः शुरु गरिएकाे काउण्टर प्रमुख सानाेकाजी कार्कीले जानकारी दिए । 

गत बैशाखकाे दाेस्राे साता लकडाउन शुरु भएसँगै थाहाबाट चल्ने सुमाे सेवाहरु बन्द गरिएका थिए । हाल पुनः सञ्चालनमा सुमाेकाे भाडा दर भने बढाइएकाे छ । यसअघि काठमाडौँकाे भाडादर रु. तीन सय कायम गरिएकाेमा ३ साउनबाट तीन सय ८० कायम गरिएकाे थाहा यातायात सुमाे सेवा प्रालिले जनाएकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif