Saturday, 15th August, 2026
वि.स.

थाहा–८ का एक युवक लागुऔषध गाँजासहित पक्राउ

drugarrest-1643291860.jpg

मकवानपुरका एक युवक लागुऔषध गाँजा सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ बस्ने २८ वर्षीय कुमार पुरी रहेका छन ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजाको खैरो धुलो सहित पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बा ५ ख ८७८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif