Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–७ मा ‘एक घर–एक स्यानिटाइजर, एक व्यक्ति–एक मास्क’ अभियान

mask-and-sani-1622636670.jpg

थाहा नगरपालिका वडा नम्बर ७ कार्यालयले १९ जेठबाट एक घर–एक स्यानिटाइजर, एक व्यक्ति–एक मास्क अभियान शुरु गरेको छ । 

वडा कार्यालयको आफ्नै पहलमा सो अभियान सञ्चालन गरिएको वडा अध्यक्ष सनमसिं मुक्तानले बताए । अभियानअन्तर्गत्  १९ जेठमा वडाको ९४ वटा घरमा पुगेर प्रत्येक परिवारलाई एक सय मिलिलिटरको एउटा स्यानिटाइजर र प्रत्येक व्यक्तिका लागि एउटा मास्कको दरले बितरण गरिएको उनले जानकारी दिए । कोरोना  सङ्क्रमितलाई भने १० वटा मास्कको दरले बितरण गरिएको उनको भनाइ रहेको छ ।  

हाल वडा कार्यालयले वडाबासीलाई वितरण गर्न १० हजार थान सर्जिकल मास्क र १ हजार ५०० वटा  सेनिटाईजर खरिद गरेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०