Sunday, 16th August, 2026
वि.स.

थाहा–७ मा राजमो(गिलास चिन्ह)का मेयरलाई ३११ मत, जम्मा कति पुग्यो ?(विवरणसहित)

gilas-1652713240.jpg

थाहा नगरपालिकाको वडा नम्बर ७ मा राष्ट्रिय जनमोर्चाका मेयर उमेदवारले अन्य वडाहरुको तुलनामा सबैभन्दा धेरै मत प्राप्त गरेका छन् ।

राजमोका मेयर पदका उमेदवार शुभराज गोलेले थाहा ७ बाट ३११ मत प्राप्त गरेका छन् । वडा नम्बर ३ बाट १०७ र अन्य वडाबाट २६ मत प्राप्त गरेका गोलेले ७ नम्बरको मतगणना सकिँदा कूल ४४४ मत पु¥याएका छन् । थाहा ७ गोले आफै मतदाता रहेको वडा पनि हो ।

थाहामा मेयरका उमेदवारहरुले प्राप्त गरेको मत हेर्दा गोले भारी अन्तरका साथ तेस्रोे नम्बरमा छन् । थाहामा अहिलेसम्म मेयरमा गठबन्धनका तर्फबाट विष्णु विष्टले ६२७०, नेकपा एमालेका अच्युत्तमप्रसाद ढकालले ४५१२ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका बसुन्धरा पुडासैनीले १०१, मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार गोलेले ९८ र नेपाली काँग्रेस(बीपी) का बिरबहादुर भोम्जनले ७९ मत ल्याएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif