nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–६ मा काँग्रेसका उमेदवारहरु भारी मतले विजयी, वडा अध्यक्षमा राजेन्द्रभक्त श्रेष्ठ (हेर्नुहोस् मत विवरण)

rajendra-bhakta-shrestha-1652660630.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा नगरपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उमेदवाहरु भारी मतसहित विजयी भएका छन् ।  वडा अध्यक्षका उमेदवार राजेन्द्रभक्त श्रेष्ठसहित काँग्रेसको प्यानल नै विजयी भएको हो ।

निर्वाचन कार्यालय दिएको जानकारी अनुसार काँग्रेसका वडाध्यक्षका उमेदवार श्रेष्ठले ११३८ मत  प्राप्त गरी विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनहरि भट्टले ६४२ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उमेदवार इन्द्रबहादुर श्रेष्ठले ५१७ मत प्राप्त गरेका छ् ।

खुल्ला सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर घोङ्वा र मनोरथ बलामी क्रमशः ९५६ र ८८८ मतसहित विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा उर्मिला अधिकारी र दलित महिला सदस्यमा कौशिला दर्जी निर्वाचित भएका छन् । अधिकारी र दर्जीले क्रमशः १००५ र १०२६ मत प्राप्त गरेका छन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)