Sunday, 16th August, 2026
वि.स.

थाहा–४ मा एमालेको घरदैलो अभियान, साथमा नगरदेखि प्रदेश कमिटीसम्मका नेताहरु

279923938_488180894859585-1651644676.jpg

नेकपा एमालेले थाहा नगरपालिकाको वडाहरुमा स्थानीय तह निर्वाचन लक्षित घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

एमालेले थाहानगरमा उमेदवारहरुलाई साथमा लिएर घरदैलो गर्न नेता तथा कार्यकर्ताहरु परिचालन गरेको छ । यसबीच २१ बैशाखमा थाहाको वडा नं. ४ मा मेयरका उमेदवार अच्युत्तमप्रसाद ढकाल, उपमेयरका उमेदवार कल्पना बलामी, वडा अध्यक्षका उमेदवार रामराजा केसी, वडा सदस्यका उमेदवारहरुसहित घरदैलो गरेको छ । 

घरदैलो कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य वरिना बल, जिल्ला कमिटी सचिवालय सदस्य एवम् थाहानगर इन्चार्ज विष्णुप्रसाद ढकाल, जिल्ला कमिटी सदस्य केदार बल, जिल्ला नेता नारायण बल, संजिव बल, थाहानगर सचिवालय कमिटी सदस्य जीतबहादुर थोकर लगायत नेताहरुसमेत सहभागी छन् ।

घरदैलोको क्रममा विभिन्न स्थानमा आयोजित कोणसभाहरुलाई एमाले नेताहरु बरिना बल, विष्णुप्रसाद ढकाल, केदार बल, मेयरका उमेदवार अच्युत्तमप्रसाद ढकाल, उमपेयरका उमेदवार कल्पना बलामी, वडा अध्यक्ष उमेदवार रामराजा केसी लगायतले सम्बोधन गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif