Sunday, 16th August, 2026
वि.स.

थाहा–३ मा माओवादी केन्द्रका उम्मेदवार ‘टिम’ घरदैलोमा

3-chunab-1651502221.jpg

थाहा नगरपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको तर्फबाट उमेदवारी दिएका अध्यक्षको उम्मेदवार हिरेन्द्र रायमाझीसहितको ‘टिम’ले घरदैलो अभियान जारी राखेको छ ।वडाका उम्मेदवार र नेता कार्यकर्ता सहित घरदैलो कार्यक्रम गरिएको वडा निर्वाचन कमाण्डका संयोजक लक्ष्मण बिष्टले जानकारी दिए ।

घरदैलो कार्यक्रममा वडा अध्यक्ष उम्मेदवार हिरेन्द्रकुमार रायमाझी, सदस्य उम्मेदवारहरु पबित्रा ठकुरी(कार्की), कविता बिष्ट, सबिता सुनार, कृष्ण कुमार कार्की र पार्टी वडा कमिटिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

समग्र वडाको समुन्नत बिकासको लागि आफ्नो उम्मेदवारी रहेको अध्यक्ष उम्मेदवार हिरेन्द्रकुमार रायमाझीले बताएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif