Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–३ मा एक भारतीय नागरिक बेवारिसे अवस्थामा भेटिए
-यार्साङ बल

bewarise-1624282127.jpg

थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउँमा भारत घर बताउने एक ३५ वर्षीय व्यक्ति बेवारिसे अवस्थामा भेटिएका छन् ।  इन्द्रपाल नाम बताउने उनी डाँडागाउँ क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको र मानवीय नाताले आफूले आश्रय दिइरहेको स्थानीय सुवर्ण विष्टले बताए । 

शारीरिक र मानसिक अवस्था कमजोर रहेका इन्द्रपालले आफू भारतको बिहार बडहरीबाट नेपाल छिरेको बताए ।  घरमा दाजुले कुटपिट गर्ने गरेकोले घर छोडेर हिँडेको उनले बताएाक छन् । उनी एउटा आँखा देख्दैनन् । 

करिब दुई साताअघि थाहा नगरपालिका क्षेत्रमा आइपुगेका इन्द्रपाल अब फेरि घर नफर्किने बताउँछन् । आश्रय दिएर राखेका विष्टले भने थप सहयोगको लागि सार्वजनिक अपिल गरेका छन् ।