Saturday, 15th August, 2026
वि.स.

थाहा–२ मा टोलस्तरीय भलिवल : फेदीगाउँलाई खसी, सोल्टुलाई बोका, देउरालीलाई भाले

Boka-1634185431.jpg

बडा दशैं २०७८ को अवसरमा थाहा नगरपालिका वडा नं. २ अन्तर्गत् टोलस्तरीय भलिवल प्रतियोगिता भएको छ । सोल्टु युवा क्लबको आयोजनामा २५ असोजबाट शुरु भएको प्रतियोगिता २७ असोजमा सम्पन्न भएको हो ।

वडाभरिका विभिन्न टोलका गरी ८ टिमले सहभागिता जनाएको प्रतियोगितामा फेदीगाउँको मेतोक पेमा युवा क्लबले उपाधि जितेर खसी पुरस्कार पाएको छ । फाइनलमा मेतोकले आयोजक सोल्टु युवा क्लबलाई उपविजेतामा सीमित गरेको थियो । उपविजेता भएको सोल्टु युवा क्लबले बोका पुरस्कार पाएको छ । प्रतियोगितामा देउरालीको देउराली युवा क्लब तृतीय भयो । उसले दुईवटा लोकल भाले पुरस्कार पायो ।

प्रमुख अतिथि थाहा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गुप्तबहादुर कार्कीले विजेताहरुलाई पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।  शंकर काकी, रुपक उप्रेती र राजाराम स्याङ्तानले प्रतियोगितामा निर्णायकको भूमिका निभाएका थिए । आयोजक क्लबका अध्यक्ष निशान कार्कीको सभाध्यक्षतामा प्रतियोगिताको समापन गरिएको थियो ।

गाउँमा पहिलोपटक टोलस्तरीय भलिवल प्रतियोगिता आयोजना गरिएको र यसले सामाजिक सद्भाव र दशैंको रौनकता बढाएको आयोजक सोल्टु युवा क्लबका सचिब रुपक कार्कीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif