Monday, 17th August, 2026
वि.स.

थाहा–१ मा १५०० मत गन्दा नकेपा माओवादी केन्द्र ४ मतले अगाडि, मेयर/उमपेयरमा गठबन्धनको अग्रता कायमै 

nirbachan-2079-1652514142.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । पछिल्लोपटक १५०० मत गन्दा माओवादीका वडाध्यक्ष उमेदवार हेरमान गोपालीले एमालेभन्दा ४ मतले अग्रता लिएका हुन् ।

पछिल्लो परिणाम अनुसार थाहाको वडा नम्बर १ मा खसेको कूल २१०७ मतमध्ये १५०० मत गन्दा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार प्रदिप प्रधानले ५४० मत प्राप्त गरेका छन् भने उनलाई ४ मतले उछिनेर नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार गोपालीले ५४४ मत प्राप्त गरेका छन् ।

१५०० मत गन्दा गठबन्धनको तर्फबाट माओवादीका मेयर पदका उमेदवार विष्णु विष्टले ७९४ मत प्राप्त गरेका छन् भने उपमेयरमा नेपाली काँग्रेसका भरत गोपालीले ७१८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका मेयरका उमेदवार अच्युत्तमप्रसाद ढकालले ५०९ मत प्राप्त गर्दा उपमेयरकी उमेदवार कल्पना बलामीले ५३८ मत प्राप्त गरेकी छन् ।

थाहा–३ स्थित पालुङ बहुमुखी क्याम्पसमा मतगणना भइरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०