nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–१ मा १२०० मत गन्दा एमालेले उछिन्यो माओवादीलाई,  मेयर/उमपेयरमा गठबन्धन अगाडि

nirbachan-2079-1652510803.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । प्रत्येक ४०० मत गनेपछि परिणाम सार्वजनिक गरिरहेकोमा पछिल्लोपटक १२०० मत गन्दा एमालेले अग्रता लिएको हो ।

पछिल्लो परिणाम अनुसार थाहाको वडा नम्बर १ मा खसेको कूल २१०७ मतमध्ये १२०० गन्दा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार प्रदिप प्रधानले ४३६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष हेरमान गोपालीले ३९२ र नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार रुपचन गोपालीले ३१२ मत प्राप्त गरेका छन् ।

८०० मत गन्दा भने नेकपा माओवादी केन्द्र अगाडि थियो । ८०० मत गणना हुँदा माओवादीका वडा अध्यक्षको मत २६९, काँग्रेसको २४५ र एमालेको २३९ रहेको थियो ।

१२०० मत गणना हुँदा मेयर र उमपेयरको मतान्तर पनि कम हुँदै गएको छ । १२०० मत गन्दा गठबन्धनको तर्फबाट माओवादीका मेयर पदका उमेदवार विष्णु विष्टले ६१४ मत प्राप्त गरेका छन् भने उपमेयरमा नेपाली काँग्रेसका भरत गोपालीले ५७० मत प्राप्त गरेका छन् । नेकपा एमालेका मेयरका उमेदवार अच्युत्तमप्रसाद ढकालले ४१८ मत प्राप्त गर्दा उपमेयरकी उमेदवार कल्पना बलामीले ४४६ मत प्राप्त गरेकी छन् ।

थाहा  नगरपालिकामा १२०० मत गन्दा राप्रपाले मेयरमा ५ र उपमेयरमा ३ मत प्राप्त गरेको छ । थाहा–३ स्थित पालुङ बहुमुखी क्याम्पसमा मतगणना भइरहेको छ ।  
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)