Monday, 17th August, 2026
वि.स.

थाहा–१ मा वडाध्यक्षसहित माओवादीको प्यानलै विजयी

adadad-1652521447.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् थाहा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षसहित नेकपा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ ।

माओवादी केन्द्रका गोपालीले ८६२ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप प्रधानले ७६० मत प्राप्त गरे । नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार रुपचन गोपालीले ३७९ मत प्राप्त गरे ।

आगामी पाँच वर्षका लागि थाहा–१ बाट खुल्ला वडा सदस्यहरुमा माओवादीका सरोज प्रधान र सुवर्ण गोपाली  विजयी भएका छन् । त्यसैगरी महिला सदस्यमा अनिता बल र दलित महिला सदस्य पार्वती सुनार विजयी भएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०