Saturday, 15th August, 2026
वि.स.

थाहा–१ मा भलिबल खेलाडी र प्रशिक्षकलाई सम्मान

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ मा खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रम भएको छ । 

थाहा नगरपालिकाको फाँटबजारमा विनयबाबु स्मृति प्रतिष्ठानको आयोजनामा अघिल्लो महिना भएको जिल्लास्तरीय भलिबल प्रतियोगितका विजेताहरुलाई वडा कार्यालयको आयोजनामा सम्मान गरिएको हो । प्रतियोगितामा वडा नं. १ प्रतिनीधि टिम विजयी भएको थियो ।

वडा नम्बर १ की वडा सदस्य देवकी तामाङको सभाध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा सदस्य रुपचन्द्र गोपाली, सुशीला विश्वकर्मालगायत खेलाडीहरुको उपस्थिती रहेको थियो । 
कार्यक्रमको अवसरमा विजयी टिम तथा खेलाडीहरुलाई बधाई दिदै वडा अध्यक्ष हेरमान गोपालीले थाहानगरमा खेलाईहरुको प्रवद्र्धन र सहयोगका लागि भलिबल प्रशिक्षणको कार्यक्रम आयोजना गर्ने बताए । उनले भने नगरले आयोजना गरेको प्रशिक्षणमा इच्छुक खेलाडीहरले सहभागिता जनाउन सक्ने अध्यक्ष गोपालीको भनाइ थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif