Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

'थाहा–इन्द्रसरोवर तरकारी जोन कार्यालय' हेटौंडा सार्ने चालबाजी शुरु

JONNN-1630943483.jpg

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई तरकारी जोन पालुङमा नयाँ हाकिम हाजिर हुने वित्तिकै नयाँ निर्णयको मोडमा पुगेका छन् । १८ भाद्रमा मात्र शिखरकोट कार्यालयमा स्वागत कार्यक्रम गरेर भित्रिएका वरिष्ठ कृषि विकास अधिकृत कृष्ण प्रसाद पौडेल दैलो टेक्न नपाउँदै कार्यालय नै सारेर यहाँका किसानले दुःख दिने बाटोमा लागेका हुन् । 

मकवानपुरकै एक कृषि सेवा केन्द्रमा रही कार्य गरेको अनुभव बटुलेका पौडेल जिल्ला कार्यालय हुँदै विभिन्न जोन कार्यालयमा समेत सेवा गरिसकेका छन् । उनी हेटाैंडासंग परिचित छन् । अहिले पनि उनी प्युठानको जोन कार्यालयबाट सरुवा भई पालुङ आएका हुन् । कार्यालय प्रमुख पौडेल यो वा त्यो बहानामा कार्यालय सारेरै छाड्ने निर्णयमा पुगिसकेको स्रोतले बतायो । स्रोत भन्छ–‘कार्यालय राख्न पौडेल हेटौंडामा घर खोज्न गैसकेका छन् ।’
 १८ भाद्रमा भएको स्वागत कार्यक्रम
तरकारी जोनको कार्यालय मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोटमा रहेको छ । तरकारी जोनको शुरुमा मकवानपुरको थाहा नगरपालिकाको १० वटा वडा र इन्द्रसरोवर गाउँपालिकाको ५ वटा वडा कार्य क्षेत्र हुने गरी आर्थिक वर्ष ०७३/०७४ मा कार्यालय स्थापना गरेको हो । जोनले आर्थिक वर्ष २०७५/०७६ मा थाहा नगरपालिकाको सबै वडा र इन्द्रसरोवर गाउँपालिकालाई कार्य क्षेत्रको रुपमा संचालन गरेको हो । तरकारी जोनकाे अवधि ५ वर्षकाे हुनेछ । हाल संचालित जोन परियोजनाकाे अवधि अझै एक वर्ष बाँकी रहेकाे छ । 

पाँच वर्षसम्म कार्यालय संचालन गर्ने गरी थाहा–३ का स्थानीय मधुसुदन रायमाझीको घरमा सम्झौता गरी  कार्यालय स्थापना गरेको हो । तरकारी जोनको कार्यालय हेटौंडामा सार्ने योजना सहित भाडाको घर खोज्न कृषि अधिकृत अनिल तिवारी पनि पौडेलसंगै हेटौंडा पुगेका छन् ।

१६ भाद्रमा सार्वजनिक अनुदानका कार्यक्रमहरु ।

त्यसोतः चालु आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम थाहा र इन्द्रसरोवर गाउँपालिकाको लागि १६ भाद्रमा अनुदानका कार्यक्रमहरु समेत सार्वजनिक गरिसकेको छ । सूचनामा आव्हान भए अनुसार थाहा र इन्द्रसरोवरका पालिकाका कृषकहरु लाभग्राही हुने उल्लेख छ । यदि कार्यालय प्रमुखले कार्यालय सार्न चालेको कदम सफल भएमा यहाँका किसानले सेवा प्रवाहमा निकै दुख पाउने कृषक निरोज प्रधानले बताए ।  जोनसंग सम्बन्धीत सानातिना काम गर्न र सेवा लिन हेटाैंडा पुग्नुपर्ने बाध्यता हुनेछ-उनले भने ।

जोन संचालक समन्वय समितिको आपत्ती

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई, तरकारी जोन पालुङको कार्यालय सार्ने विषयमा संचालक समन्वय समितिले विरोध जनाएको छ । समन्वय समितिका संयोजक सुविनभक्त श्रेष्ठले २१ भाद्रमा एक विज्ञप्ती प्रकाशन गर्दै कार्यालय प्रमुखले एकल निर्णय गरी कार्यालय सानृ खोज्नू आपत्तीजनक भएको बताएछन् । 

मकवानपुरको मनहरी र हेटौडाका केही वडामा धान जोन थप भएको उल्लेख गर्दै श्रेष्ठले त्यहाँ सम्पर्क कार्यालय स्थापना गरी पालुङमा रहेको मुख्य कार्यालयलाई निरन्तरता दिन माग गरेका छन् । विज्ञप्तमिा भनिएको छ–‘यस अघिका कार्यालय प्रमुख महेश्वर लामिछानेसंग भएको सहमति अनुसार पालुङको कार्यालयलाई निरन्तरता दिने भनिएकोमा हाल हाजिर भएका कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले उक्त सहमती नमानी एकल निर्णय गरेकोमा जोन संचालक समन्वय समितिको घोर आपत्ति छ ।’ साविकको स्थानमै प्रमुख कार्यालय रहनुपर्छ भन्ने सावालमा अडिग हुन थाहा नगरपालिका तथा इन्द्रसरोवर गाउँपालिकालाई समेत विज्ञपती मार्फत आग्रह गरिएको छ ।  ‘कार्यालय प्रमुखको एकल निर्णयको विरोध गर्दै कार्यालय प्रमुखको कदमप्रति आपत्ति जनाउँदछौं’– विज्ञप्तीमा भनिएको छ । 

दुई पालिकाको किसाान आन्दोलित हुँदै

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई, तरकारी जोन पालुङको कार्यालय सारेमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका किसानहरु आद्योलित हुने भएका छन् । जोन संचालक समन्वय समितिका संयोजक सुविनभक्त श्रेष्ठको विज्ञप्ती आए लगतै कार्यालय सारेमा किसानहरुले आन्दोलन गर्ने  चेतावनी दिएका हुन् । 

कृषक राजभाई श्रेष्ठले कार्यालय हेटौंडा सार्नै नहुने बताएकाछन् । इन्द्रसरोवरका कृषक कार्यालय सार्ने कदमको विरोधमा इन्द्रसरोवर गाउँपालिकाको कृषकहरु आन्दोलनका लागि तयार रहेको बताएका छन् । त्यस्तै थाहाका अर्का कृषक पुरुषोत्तम गोपालीले यस कार्यालय प्रमुखको कदम विरुद्ध रहेको बताउँदै विरोध जनाए । 

कार्यालय सारेमा मकवानपुरका दुई स्थानीय तहका किसानहरुले संयुक्त आन्दोलन गर्ने योजना बनाइ सकेका छन् ।