Thursday, 27th August, 2026
वि.स.

थाहालाई शिखर कन्स्ट्रक्शनको १० प्रकारका स्वास्थ्य सामग्री सहयोग

शिखर कन्स्ट्रक्शनले कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउन थाहा नगरपालिकालाई विभिन्न १० प्रकारका सामग्री सहयोग गरेको छ । सहयोग गरिएको सामग्रीमा औषधि तथा उपकरणहरु रहेका छन् । 

२७ जेठमा नगरपालिकालाई वितरण गरिएको सामग्रीहरुमा सिटामोल १ हजार ३०० ट्याब्लेट, पेन्टाभ ५ सय ट्याब्लेट, भिटामिन सी ५ सय ट्याब्लेट, जिंक ५ सय ट्याब्लेट, मनुकाष्ट २ सय ट्याब्लेट र रोटाक्याप बुडाक्रोट २५ थान छन् । यसैगरी अस्थालिन इनहालर ४ थान, पल्स अक्सिमिटर ३ थान, थर्मल गन १ र डिजिटल थर्मामिटर ४ थान सहयोग गरिएको नगरपालिकाले जनाएको छ । 

कन्स्ट्रक्शनको तर्फबाट सञ्चालक अमृत सिन्तानले थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलाई सो सामग्री हस्तान्तरण गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif