Wednesday, 26th August, 2026
वि.स.

थाहालाई कुखुरा व्यवसायी संघद्वारा ४२ क्यारेट अण्डा सहयाेग

IMG_20210602_123735-1622616950.jpg

थाहा नगरपालिकाकाे बज्राबाराहीस्थित आइसोलेशनमा बसेका काेराेना सङ्क्रमणका बिरामीहरुलाई पौष्टिक आहारको रुपमा खुवाउन मकवानपुर कुखुरा व्यवसायी संघले अण्डा उपलब्ध गराएकाे छ ।

१९ जेठमा थाहा नगर कार्यपालिकामै पुगेर संघका पदाधिकनरीहरुले नगर प्रमुख लवशेर विष्टलाई प्रारम्भिक चरणमा ४२ क्यारेट  अण्डा हस्तान्तरण गरेका हुन् ।

संघले आइसोलेसनमा बसेका बिरामीहरुलाई एक महिनासम्म प्रतिबिरामी दैनिक २ वटाका दरले उपलब्ध गराउने प्रतिवद्दता समेत व्यक्त गरेकाे छ ।

अण्डा ग्रहण गर्दै नगर प्रमुख विष्टले कोरोना महामारीको अन्त्यका लागि सबै मिलेर लाग्नु पर्ने बताए । साे अवसरमा संघकाे तर्फबाट गाेकुलनाथ पाैडेल, राजु अधिकारी लगायत सहभागी थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif