Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा ६२-६४ उमेर समूहलाई २६-२७ जेठमा काेराेनाबिरुद्ध पहिलाे खाेप लगाइँदै

covid-vaccine-new-1623079498.jpg

यसअघि  १ हजार ७४४ जनामा काेराेनाबिरुद्ध काेभिशिल्ड खाेप लगाइएको  थाहा नगरपालिकामा यसपटक भेराेसेल खाेप अाएकाे छ । नेपाल सरकारको कोभिड-१९ विरुद्धको खोप अभियानअन्तर्गत थाहामा यही २६ र २७ जेठमा  भेराेसेलकाे पहिलाे डाेज खाेप लगाउने गरी नगरपालिकाले कार्यक्रम तय गरेकाे छ ।

थाहननगरका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलाई लक्षित गरी खाेप लगाउन लागिएकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।

खाेप अभियानअन्तर्गत २६ जेठमा विहान १० बजेदेखि ४ बजेसम्म प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकीहरु बज्रबाराही, टिष्टुङ र चित्लाङ स्वास्थ्य चौकीमा खोप लगाइनेछ । यसैगरी, २७  जेठ विहान १० बजेदेखि ४ बजेसम्म प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, स्वास्थ्य चौकी आग्रा र देउखेल शहरी स्वास्थ्य केन्द्रमा लगाइनेछ ।

थाहा नगरपालिकाले २४ जेठमा एक सूचना प्रकाशित गरी थाहाका ६२ देखि ६४ वर्षका नागरिकहरुलाई पहिलाे डाेज खाेप लगाउन नजिककाे स्वास्थ्य संस्थामा अाउन भनेकाे छ । त्यसरी अाउँदा नागरिकता वा उमेर खुल्ने कागज ल्याउन पनि नगरपालिकाले स्मरण गराएकाे छ ।

यसअघि थाहानगरका १ हजार ७४४ जनाले काेभिशिल्ड खाेपकाे पहिलाे डाेज लगाएकाेमा १ सय ४४ जनाले दोस्रो डोज  लगाएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०