Monday, 24th August, 2026
वि.स.

थाहामा ५ असारमा ६ सङ्क्रमित थपिए, नगरमा कूल सङ्क्रमित सङ्ख्या ४६० 

thaha-update-corona-thaha-1624123898.jpg

१० बैशाखयता थाहा नगरपालिकामा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या कुनै दिन सून्यमा झरेको छैन । जाँचेपछि कोरोना भेटिएकै छ । प्रतिशतमा भन्दा कुनै दिन घटी, कुनै दिन बढी ।

यसैबीच ५ असारमा एन्टिजेन परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ जनामा परीक्षण गर्दा ६ जनामा पोजिटिभ देखिएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

५ असारमा ६ जनामा कोरोनोदेखिएसँगै अहिले थाहा नगरपालिकामा ४६० जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको दोस्रो लहरबाट थाहा नगरमा ७५८ जना सङ्क्रमित भएकोमा करिब दुई महिनाको बीचमा २९१ जना निको भएका छन् ।

थाहामा निको हुनेभन्दा सङ्क्रमित हुनेको दर बढी छ । परीक्षणको दायरा जति फराकिलो बनायो, उति सङ्क्रमितहरुको सङ्या बढ्ने देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif