Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा २६ जेठमा १९६ ले काेराेनाविरुद्ध खाेप लगाए, खाेप लगाउनेमा महिला बढी

f5fb99f9c1df1e4abea3221c6-1623250076.jpg

नेपाल सरकारको काेराना विरुद्धको खोप अभियान अन्तर्गत २६ जेठमा थाहा नगरपालिकामा एक सय ९६ जनाले खोप लगाएका छन् । जसमा पुरुष  भन्दा महिला बढी रहेका छन् । १ सय ४ महिला र ९२ जना पुरुषले विभिन्न स्वास्थ्य केन्द्रहरुमा गई पहिलो डोजको भेरो सेल खोप लगाएका हुन् । 

२६ जेठमा सबैभन्दा बढी चित्लाङमा खाेप लगाइएकाे छ । चित्लाङमा ४८ महिला र ४२ पुरुष गरी ९० जनाले खाेप लगाएका छन् । सबैभन्दा कम टिस्टुङ देखिएकाे छ । टिष्टुङमा दुईवटा वडा ११ र १२ नम्बरका  १ महिला र ५ पुरुषले मात्र खोप लगाएको थाहानगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा २४ महिला २३ पुरुष, बज्रबाराहीमा ३४ महिला २२ पुरुषले खोप लगाएका छन् ।

२७ जेठमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङ, आग्रा स्वास्थ्य चौकी र देउखेल शहरी स्वास्थ्य केन्द्रमा खोप लगाइनेछ ।

खाेप लगाउन अाउँदा ६२ वर्षदेखि ६४ वर्षसम्मकाे उमेर खुल्ने कागज ल्याउन भनिएकाे छ ।