Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा १६ जना संक्रमित थपिए

COROOO-1621782432.jpg

थाहानगरमा ९ जेठमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १६ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १० जना पोजेटिभ देखिएको छ । थाहा १ मा ५, २ मा १, ४ मा १, ६ मा १, ७ मा १ र १० मा १ संक्रमित थपिएका हुन् । यसैगरी, स्वास्थ्य केन्द्र बज्रबाराहीमा ७ जनाको एन्टिजेन परिक्षणमा थाहा ६ का ६ जनामा संक्रमण देखिएको डा. रिकेश कार्कीले बताए । संक्रमित भएकामध्ये ५ जनालाई बज्रबाराहीस्थित आइसोलेसनमा पठाइएको छ ।

कुल संक्रमित मध्ये २२ जना निको भएका छन् । १० जनाको थाहानगर बाहिर उपचार भैरहेको छ । ३ जनाको मृत्यु भैसकेको छभने बज्रबाराही आइसोलेसनमा ८ जना छन् । अन्य सबै होम आइसोलेसनमा छन् ।

दिनानु दिन संक्रमितको संख्यामा वृद्धि भएपछि चेन ब्रेक गर्ने उद्देश्यले जेठ १२ गते विहानदेखि १५ गते रातिसम्म औषधि पसल र तरकारी उत्पादन बाहेकका सबै क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय भएको छ 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०