nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा १५ शैय्या अस्पताल

मकवानपुर थाहा नगरपालिकामा १५ शैय्या अस्पताल निर्माण हुने भएको छ । संघीय सरकारको सहयोगमा थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पा डाँडामा अस्पताल निर्माण हुने भएको हो । अस्पतालको १५ मंसिरमा मकवानपुर क्षेत्र नम्बर २ मा सांसद विरोध खतिवडाले शिलान्यास गरेका छन् । कार्यक्रममा मकवानपुर–२ (क) का सांसद कुमारी मोक्तानको विशेष आतिथ्यता रहेकाे थियो । थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैय्याको अस्पताल बनाइने नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

थाहा अस्पताल निर्माणका लागि नगरपालिकाले मन्त्रालयको मापदण्डमा रहेर विस्तृत परियोजना प्रस्ताव (डिपीआर) तयार गरिसकेको छ । डिपिआर पिस कन्सल्ट प्रा.लि.   ललितपुरले गरेको हो । स्वास्थ्य संस्थाको डिपिआर निर्माणमा अनुभवी पिसले बनाएको विस्तृत परियोजना प्रस्ताव  (डिपीआर) अनुसार थाहा अस्पतालमा दुई वटा फ्लोर हुनेछन् । ‘फस्ट फ्लोर’ मा इमरजेन्सी सेवासहित प्रसुति वार्ड रहने नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । प्रसुति वार्ड अन्तर्गत डेलिभरी रुम, शिशु स्याहार कोठा, उत्तर प्रसुति सेवा कक्षलगायत पर्दछन् । ‘फस्ट फ्लोर’मै शल्यक्रिया कक्ष (अपरेशन थ्रिएटर) बहिरंग सेवा, रजिष्ट्रेशन, सोधपुछ, रिसेप्सन, फर्मेसी, टि.बी.को डट्स कक्ष, ‘न्युटेशन कर्नर’ खोप कक्षलगायत हुनेछन् । त्यस्तै फस्ट फ्लोरका लागि नर्सिङ स्टेशन र डाक्टर रुम पनि सोही फ्लोरमै रहने प्रमुख विष्टले जानकारी दिए । त्यस्तै ‘सेकेण्ड फ्लोर’मा महिला पुरुष छुट्टा छुट्टै वार्डहरु रहने छन् । ‘सेकेण्ड फ्लोर’मै दुई वटा क्वाबिन समेत रहने गरी थाहा अस्पतालको डिपीआर गरिएको छ । यस फ्लोरमा ब्लड बैंक, नर्सिङ स्टेशन र डाक्टर रुम, बैठक कक्ष तथा प्रशासनिक कोठा समेत रहने छन् । एउटा लिफ्ट सहितको अस्पतालको पछाडिको भागबाट ¥याम पनि राखिने छ । प्रत्येक कोठा अपांगमैत्री, सिसिटिभी सहितको व्यवस्थित हुनेछन् । अस्पताल परिसरमा ग्रिनरीपार्क, व्यवस्थित चमेना गृह, अस्पतालमा विद्युतीय पावर ब्याकअप, आस्मिक अग्नि नियन्त्रणका उपकरणहरु लगायतको व्यवस्था हुने डिपीआरमा समेटिएको छ । 

नेपाल सरकारको नाममा रहेको उक्त जग्गा थाहा नगरपालिकाले लिजमा लिएर अस्पताल निर्माण गर्न लागेको हो । जग्गा लिजका लागि ११ मंसिरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले निर्णय गरी जग्गा सिफारिस भैसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए । 

यसैबीच थाहा अस्पताल हाललाई १५ शैय्याको योजना बनाएर निर्माण गरिने भएपनि ३ सय शैय्याको साइड प्लान बनाइएको छ । क्याम्पा डाँडाको सबै क्षेत्रलाई ओगट्ने गरी ३ सय शैय्याको अस्पताल बनाउनको लागि थाहा नगरपालिकाले साइड प्लान गरेको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । कैलाश, इन्द्रसरोवर तथा भिमफेदी गाउँपालिकाको समेत केही भागका    नागरिकहरु अहिले पनि थाहानगरकै स्वास्थ्य संस्थाबाट सेवा लिइरहेको बताउँदै ति सबै नागरिकका लागि समेत ध्यानमा राखेर थाहा अस्पताल १५ शैय्या मात्र नभई तीनसय शैøयाको बनाउने भावी योजना रहेको प्रमुख विष्टले बताए । अस्पताल छिटो भन्दा छिटो निर्माण गर्ने विष्टको प्रतिवद्धता रहेको छ । 

नेपाल सरकार सचिवस्तरको २०७७ साउन २८ को निर्णय अनुसार थाहानगरमा अस्पताल निर्माण हुन लागेको हो । निर्णयानुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ असोज १८ गते स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको थियो । उक्त पत्रमा १५शैय्याका अस्पताल निर्माणको लागि १ करोड रुपियाँ बजेट पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याक अधिकृत सुर्य बहादुर थापाले जानकारी दिए । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई अस्पताल निर्माण कार्यान्वयन गर्न १८ असोजमै पत्र पठाइएको मन्त्रालयका लेखा अधिकृत उमेश्वर प्रसाद काफ्लले जानकारी दिए । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्रोत सुनिश्ति सहित १५ मंसिरमा शिलान्यास गर्नको लागि २८ कात्तिकमा पुनः पत्राचार गरेको थियो । थाहा नगरपालिकाको सहित मुलुकभरका ३ सय ९६ अस्पताल शिलान्यास गर्नका लागि स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डाक्टर गुणराज लोहोनीले पत्र लेखेका हुन् । मन्त्रालयको निर्णयानुसार  मकवानपुरमा थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५/१५ शैय्या, कैलाश र राक्सिराङ गाउँपालिकामा १०/१० र इन्द्रसरोवरमा ५ शैय्याको अस्पताल निर्माण गर्न बजेट पठाइएको डाक्टर लोहोनीले बताए । थाहा  नगरपालिकामा १८ करोड ६ लाख ८२ हजार रुपियाँ कुल लागतमा अस्पताल निर्माण हुने गरी मन्त्रालयले बजेट अनुमान गरेको छ । चालु आर्थिक वर्षमा कुल लागतको ५ दशमलव ५ प्रतिशत मात्र बजेट मन्त्रालयले निकासा गरेको पत्र थाहालाई पठाएको छ । थाहानगरको लागि चालु आर्थिक वर्षमा १ करोड रुपियाँ मात्र निकासा भएको हो । 

त्यस्तै मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका लागि ८५/८५ लाख तथा इन्द्रसरोवरको लागि ७० लाख रुपियाँ चालु आर्थिक वर्षमा मन्त्रालयले निकासा गरेको डाक्टर लोहोनीले बताए । भवन निर्माण स्वास्थ्य मन्त्रालयबाट स्वीकृत आधारभूत भवन निर्माण सम्बन्धी निर्देशिका, २०७७ र स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिका, २०७३ (पहिलो संशोधन २०७७) अनुरुप बनाउनु पर्ने छ । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

15-Hospital-1606699785.jpg

थाहा अस्पतालको थ्रिडी तस्वीर ।