Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा १० साउनमा ८ काेराेना सङ्क्रमित थपिए, पुष्टि हुनेमा ३ नम्बरकै ६ जना

thaha-update-corona-thaha-1627224607.jpg

थाहा नगरपालिकाकाे वडा नम्बर ३ मा फेरि काेराेना सङ्क्रमण दर बढ्दै गएकाे छ । १० साउनमा  नगरभर ८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाेमा साेमध्ये ३ नम्बर वडाकै ६ जना रहेका छन् ।

१० साउनमा थाहा-३ का १२ जनामा एन्टिजेन परीक्षण गरिएकाेमा ५० प्रतिशतमा काेराेना देखिएकाे हाे । ६ जना सङ्क्रमित थपिएपछि थाहा-३ मा अब सङ्क्रमितकाे सङ्ख्या ३८ पुगेकाे छ । 

थाहामा संक्रमितकाे सङ्ख्या अधिक देखिएका १ र ६ नम्बरबाट भने १० साउनमा परीक्षण गराउन आएनन् । अहिले १ नम्बरमा ६८ जना र ६ नम्बर वडामा ७८ जना सङ्क्रमित छन् । 

१० साउनमा वडा नम्बर  ५ काे १ जना र भीमफेदी ९ काे १ जनामा पनि काेराेना पुष्घ भएकाे छ । याेसँगै थाहामा अहिले काेराेनाका बिरामीहरुकाे सङ्ख्या  २५८ पुगेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०