Sunday, 23rd August, 2026
वि.स.

थाहामा हराउँदै लुतो फाल्ने प्रचलन 

60f0e9cfc58c0_Untitled-1-1626417753.gif

मकवानपुरको थाहा नगरपालिकामा लुतो फाल्ने प्रचलन हराँदै गएको छ । हरेक वर्ष साउने सङक्रान्तिका दिन लुतो फाल्ने सस्कृति झण्डै लोप हुने अवस्थामा पुगेको छ । पछिल्ला वर्षहरुमा पाका व्यक्तिहरुले समेत यस संस्कृतिको बारेमा बिर्सन थालेका छन् भने कतिपय नयाँ पुस्ता र बालबालिकालाई त यो प्रचलनबारे अनभिज्ञप्राय छन् । 

नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ ।
लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन ।

परम्पराअनुसार मछिनो, भलायो, कुकुरदाइनो, लुतेझार, पानीसरो, देवीसरो, रातपाते, घँगारु, कुरिलो, हाँडे उन्यूजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै आरु, कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०