Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा स्वाव संकलन तीब्र, ११ नम्बरमा स्वाव दिनै डराए

Swab-Test-1621483401.jpg

थाहानगरमा वडावडा मै पुगेर स्वाव संकलनको काम तीब्र पारेको छ । स्वास्थ्य केन्द्रमा बिरामी भै आएकाहरु मध्ये धेरैजसोमा कोभिड-१९ को दोस्रो भेरियन्टबाट संक्रमित भएको पाएपछि फिल्ड मै गएर स्वाव परिक्षणको कार्यलाई तीब्र बनाएको हो तर, बुधबार स्वाव परिक्षणका लागि स्थानीय डराएपछि स्वास्थ्यकर्मीहरु अचम्मित भएका छन् । ५ जेठमा डाक्टरसहितको स्वास्थ्यकर्मीहरुको टोली थाहा ११ मा पुग्दा स्थानीयहरु स्वाव दिनुको साटो स्वास्थ्यकर्मीहरुबाट परपर गए । त्यहाँ पिसिआरका लागि जम्मा ६ जना तयार भए । लक्षण देखिएका ४ जनाको एन्टीजेन परिक्षण गरियो, त्यसमा एक जनाको रिपोर्ट पोजेटिभ आएको डा. रिकेश कार्कीले बताए । उता, ५ जेठमा नै नै १२ नम्बर वडामा ९ जनाको एन्टीजेन परिक्षण गरिएकोमा २ जनाको पोजेटिभ रिपोर्ट आएको छ । यता, प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा ८ जनाको एन्टीजेन परिक्षण गरिएकोमा थाहा ३ का ३ जना र थाहा ४ का २ जना गरि ५ जना संक्रमित भेटिएका छन् । उता, स्वस्थ्य केन्द्र बज्रबाराहीमा ४ जनाको एन्टीजेन परिक्षण गरिएकोमा थाहा ६ का एक जनामा पोजेटिभ देखिएको छ । ५ जेठमा मात्रै थाहानगरमा २५ जनाको एन्टीजेन परिक्षणमा ९ जना पोजेटिभ भेटेपछि नगरमा संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

तीमध्ये आज थाहा ३ का एक जना संक्रमितको स्वासप्रस्वासमा समस्या आएपछि हेटौंडा रिफर गरिएको छ । हालसम्म १२ जना निको भएका छन् । ७ जनाको नगर बाहिर उपचार भैरहेको छ । एक जना बज्रबाराही आइसोलेसनमा छन् । २ जनाको मृत्यु भएको छ्भने २ सय ४२ जना होम आइसोलेसनमा छन् ।

पिसिआरका लागि हेटौंडा पठाएकाहरुको बुधबार कुनै पनि रिपोर्ट आएको छैन । १४ दिन अघिदेखि होम आइसोलेसनमा बसिरहेका बिरामी तथा कन्ट्राक्ट ट्रेसिङमा परेकाहरुको स्वाव परिक्षणका लागि पठाएका स्वावहरुको रिपोर्ट ६ जेठसम्ममा आउने अपेक्षा गरिएको छ । हरेक दिन वडाहरुबाट नमूना स्वावहरु संकलन गरि परिक्षणका लागि हेटौंडा पठाउदै आएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०