Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहामा स्थानीय विपद तथा जलवायु उत्थानशील याेजना तर्जुमा कार्यक्रम शुरु

IMG_20210811_140444-1628670243.jpg

थाहा नगरपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशील याेजना तर्जुमा कार्यक्रम २७ साउनमा शुरु भएकाे छ । 

थाहा नगरपालिका र नेपाल पानी सदुपयाेग फाउण्डेशन काे संयुक्त आयाेजनामा थाहाकाे विकास घरमा दुई दिने कार्यक्रम शुरु भएकाे हाे । 

थाहा नगरमा जलवायु परिवर्तन र जल उत्पन्न प्रकाेप जाखिम व्यवस्थापनका लागि याेजना तर्जुमा कार्यक्रमकाे आयाेजना गरिएकाे नेपाल पानी सदुपयाेग फाउण्डेशनका डा. चिरञ्जीवी भट्टराईले जानकारी दिए । 

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नगर उपप्रमुख,  वडा अध्यक्षहरु, सदस्यहरु, सामुदायिक वनका प्रतिनिधि, रेडक्रस प्रतिनिधि, प्रहरी, पत्रकार लगायतकाे सहभागिता रहेकाे छ । 

सहभागीहरुलाई माैसमविद डा.  ङमिन्द्र दाहाल र डा. चिरञ्जीवी भट्टराईले सहजीकरण गरिरहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०