Thursday, 2nd July, 2026
वि.स.

थाहामा वडाध्यक्षसहित ३० जनामा कोरोना संक्रमण

COROOO-1619797900.jpg

कोभिड-१९ को दोश्रो लहरसङ्गै थाहानगर दिनानु दिन आक्रान्त बन्दै गएको छ । पछिल्लो समय १७ वैशाखसम्म थाहानगरका एक वडा अध्यक्षसहित ३० जना कोरोना संक्रमित भएको थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

३० मध्ये ९ महिला र बाँकी पुरुष रहेको स्वास्थ शाखा अधिकृत मेघराज बलामीले बताए । थाहा १ का वडा अध्यक्ष हेरमान गोपाली र थाहा १ कै एकै परिवारका ५ जना कोरोना संक्रमित भएका छ्न् । १७ वैशाखसम्म नगरका ६ कर्मचारी, २ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन । संक्रमितहरुमा ३ वर्षका बच्चा देखि ५० वर्ष उमेर समुहका छन् । 

एन्टीजेन परिक्षणबाट संक्रमितहरुको पुष्टी भएको हो । संक्रमित सबै 'होम आइसोलेशन'मा छन् । नगरपालिकाले आफ्ना कर्मचारीहरुमा कोरोना संक्रमण बढेसङ्गै १६ वैशाखदेखि नै सर्वसाधारणका लागि सेवा बन्द गरेको छ । कोरोनाको जोखिम बढेसङ्गै पालुङ प्रहरीले बाटोमा हिड्ने सर्वसाधारणलाई समेत मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । 

जोखिम बढेसङ्गै बजारमा चहलपहल कम हुँदै गएको छ । थाहा नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइन र आइसोलेशन चाहिँ १७ वैशाखसम्म खाली नै छ । पछिल्लो समय संक्रमणको दर बढेपछि आफ्ना सदस्य व्यवसायीहरुलाई सुरक्षित भएर व्यवसाय गर्न थाहानगर उद्योग वाणिज्य संघले आव्हान गरेको छ । संघले कोरोना संक्रमित भएमा तत्कालका लागि व्यवसाय बन्द गरि सुरक्षित भएर बस्न पनि आव्हान गरेको छ । संघले आफ्ना सदस्यहरुलाई अनिवार्य रुपमा मूल्य सुचि राखी आयात तथा निर्यात गर्न सुचित गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०