Saturday, 15th August, 2026
वि.स.

थाहामा लायन्स र लियोलाई अभिमुखीकराण

lionssss-1631971504.jpg

थाहा नगरमा क्रियाशील लायन्स क्लव अफ थाहा पिस र लियो क्लव अफ थाहा पिसका सदस्यहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ प्रवेशी सदस्यहरुलाई लक्षित गरी अभिमुखीकरणको आयोजना गरिएको हो । 

शनिबार नयाँगाउँस्थित साहारा रिसोर्टमा आयोजित अभिमुखीकरणमा लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले ‘आफू को हुँ र समाजमा हाम्रो आवश्यकता किन ?’ भन्ने विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी कार्यक्रममा लियो क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष अनित विष्टले लियो र लायन्स स्थापना र वर्तमान अवस्थामा यिनीहरुको आवश्यकताको विषयमा सहजीकरण गरेका थिए । 

लायन्स क्लव अफ थाहा पिसका वर्ष २०२१÷०२२ का अध्यक्ष राममाया खत्रीको सभाध्यक्षमा भएको कार्यक्रम लायन्स क्लव अफ धादिङ पिस खानीखोलाका पूर्व अध्यक्ष तथा थाहा पिसमा सल्लाहकार भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा लायन्स क्लव अफ थाहा पिसका प्रथम उपाध्यक्ष जयराम खत्री र लियोका अध्यक्ष कमल विष्टले अभिमुखीकरणको औचित्यबारे प्रष्ट पारेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif