nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा लायन्स र लियोलाई अभिमुखीकराण

lionssss-1631971504.jpg

थाहा नगरमा क्रियाशील लायन्स क्लव अफ थाहा पिस र लियो क्लव अफ थाहा पिसका सदस्यहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ प्रवेशी सदस्यहरुलाई लक्षित गरी अभिमुखीकरणको आयोजना गरिएको हो । 

शनिबार नयाँगाउँस्थित साहारा रिसोर्टमा आयोजित अभिमुखीकरणमा लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले ‘आफू को हुँ र समाजमा हाम्रो आवश्यकता किन ?’ भन्ने विषयमा सहजीकरण गरेका थिए । त्यसैगरी कार्यक्रममा लियो क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष अनित विष्टले लियो र लायन्स स्थापना र वर्तमान अवस्थामा यिनीहरुको आवश्यकताको विषयमा सहजीकरण गरेका थिए । 

लायन्स क्लव अफ थाहा पिसका वर्ष २०२१÷०२२ का अध्यक्ष राममाया खत्रीको सभाध्यक्षमा भएको कार्यक्रम लायन्स क्लव अफ धादिङ पिस खानीखोलाका पूर्व अध्यक्ष तथा थाहा पिसमा सल्लाहकार भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा लायन्स क्लव अफ थाहा पिसका प्रथम उपाध्यक्ष जयराम खत्री र लियोका अध्यक्ष कमल विष्टले अभिमुखीकरणको औचित्यबारे प्रष्ट पारेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)