Monday, 24th August, 2026
वि.स.

थाहामा भारी वर्षाका कारण कोरोना निर्देशक समितिको बैठक स्थगित

भारी वर्षाका कारण खोलाहरुमा बाढी आउनुका साथै वर्षा जारी रहेकोले १७ असारमा गर्ने भनिएको थाहानगर कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठक स्थगित भएको छ ।

वर्षातका कारण स्थानीय खोलाहरुमा बाढीको सतह बढेपछी आउजाउमा अवरोध भएको भन्दै बैठक स्थगित गरिएको नगरपालिकाले जनाएको छ । बैठकमा थाहानगरमा कोरोना वृद्धिदर बढेको विषयमा गम्भीर समीक्षा गर्दै रोकथाम तथा नियन्त्रणका थप उपायका विषयमा छलफल गर्ने योजना थियो । 

थाहानगरका प्रमुख लवशेर विष्टका अनुसार अनुकूल मौसम भएमा बैठक १८ असारमा सञ्चालन हुनेछ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०